युरोपा लिग फुटबलको उपाधि स्पेनिस क्लब सेभियाले जितेको छ । गएराति जर्मनीमा भएको खेलमा इटालियन क्लब इन्टर मिलानलाई ३(२ गोलले हराउँदै सेभियाले उपाधि जितेको हो । सेभियालाई जित दिलाउन लुक डे जोङले दुई र डिएगो कार्लोसले एक गोल गरे ।
यस्तै इन्टर मिलानका लागि रोमेरो लुकाकु र डिएगो गोडीनले एकरएक गोल फर्काए । सेभियाले छैठौं पटक युरोपा लिगको उपाधि जितेको छ । यसअघि सेभियाले सन् २०१६ मा युरोपा लिग जितेको थियो । सेभिया ६ पटक युरोपा लिग जित्ने एक्लो टिम हो । सन् १९९८ मा युरोपा लिग जितेको इन्टर मिलानले पछिल्लो ९ वर्षयता कुनै पनि उपाधि जित्न सकेको छैन ।