• २४ पुष २०८१, बुधबार

तारकेश्वर गाउँपालिका मा गौहत्याको अभियोगमा चार जना पक्राउ

गौहत्याको अभियोगमा नुवाकोट प्रहरीले तारकेश्वर गाउँपालिका वडा नं. ५ बाट चार जनालाई बिहीबार पक्राउ गरेको छ ।

तारकेश्वर गाउँपालिका वडा नं. ५ को काभ्रे स्थित सिरानटोल निवासी सन्तबहादुर तामाङको गोठको गाई लगेर काटेको अभियोगमा चन्द्रबहादुर तामाङ, सुदिप तामाङ, जय तामाङ र दले तामाङलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख अविनारायण काफ्लेले जानकारी दिनुभएको छ । उहाँको अनुसार गौहत्या गरेर मासु भाग लगाइरहेको अबस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । घटनामा संलग्न अन्यको खोजी भैरहेको र पक्राउ परेकालाई कारबाहीको लागी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्