• ७ बैशाख २०८१, शुक्रबार

लिखु गाउँपालिका को चौघडा सहित आसपासको क्षेत्रमा समुदायस्तरमा कोरोना रोगको सक्रमण फैलिएको पुष्टि

नुवाकोटको लिखु गाउँपालिकाको वडा नं. ४ चौघडा सहित आसपासको क्षेत्रमा समुदायस्तरमा कोरोना रोगको सक्रमण फैलिएको पुष्टि भएको छ । गएको शुक्रबार लिएको १५ नजाको स्वाब नमूनाको आज आएको नतिजामा चौघडा स्वास्थ्य सँस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई नै कोरोना रोगको सक्रमण देखिएसगैँ त्यस क्षेत्रमा समुदायस्तरसम्मनै रोगको सक्रमण फैलिएको पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय नुवाकोटको अनुसार आज आएको दुई जना सक्रमित मध्ये एक जना चौघडा स्वास्थ्य चौकीको अग्रपक्तिमा रहेर सेवा दिदै आउनुभएका २४ एच.ए. र अर्का एक जना दुबईबाट फर्के पछि क्वारेन्टिनमा बस्दै आएका ४७ वर्षका पुरुष रहेका छन् । समुदायमा कोरोना रोगको सक्रमण जान सक्ने भनेर अग्रपक्तिमा बसेर सेवा पुराउदै आएका स्वास्थ्यकर्मीलाई नै रोगको सक्रमण देखिएपछि लिखु गाउँपालिकाको वडा नंं. ४ र पञ्चकन्या गाउँपालिकाको वडा नं.१ पर्ने साविक चौघडा गाविसमा कोरोनाको जोखिम उच्च देखिएकोछ । नुवाकोट भन्दा बाहिर जिल्ला घर भएपनि लामो समयदेखि कहीकतै नगई स्वास्थ्य सँस्थामा बसेर सेवा पुराउदै आएका स्वास्थ्यकर्मीलाई रोगको सक्रमण देखिएसगैँ श्रोतको पहिचानको क्रममा समुदायबाटै सरेको हुनसक्ने अनुमान गरिएको छ । सक्रमण देखिएसगैँ चौघडा स्वास्थ्य चौकी सहित आसपासको क्षेत्रलाई सिल गरेर त्यसक्षेत्रका बासिन्दालाई अन्यत्र जान रोक गाइएको छ भने अन्यत्रको बासिन्दालाई त्यसक्षेत्रमा जान तथा त्यस क्षेत्र हुदै आउजाउ गर्न समेत रोक लगाएको गाउँपालिकाको अध्यक्ष धुव्र श्रेष्ठले जानकारी दिनुभएको छ । उहाँको अनुसार अहिले सक्रमित देखिएका स्वास्थ्यकमीको आठ दिन अघि लिएको नमूनाको नतिजामा रोगको सक्रमण पाइएकाले अन्यत्रबाट सरेको तथा ती व्यक्तिबाट अरुलाई रोग सरेको हुनसक्ने आशंकामा सक्रमित व्यक्तिसंग प्रत्यक्ष जोडिएका व्यक्तिको भोलि नै स्वाब संकलन गरिने भएको छ । स्वास्थ्यचौकी चौघडाबाट सेवा लिएका सेवाकर्मीहरु, आसपासको क्षेत्रका बासिन्दा लगायतका व्यक्तिहरुको रोगको सक्रमणका जाँचको लागी स्वाबको नमूना संकलन गर्न लागिएको छ ।

सक्रमित दुवैजनालाई आजै चिकित्सको निगरानीमा राख्नलाई त्रिशूली अस्पतालमा ल्याइएको छ भने उनीहरुको स्वास्थ्य अबस्था सामान्य रहेको पाइएको छ । नुवाकोटमा आज दुई जना थप भएसगैँ अहिलेसम्म कोरोना रोग लाग्नेको सङ्ख्या ७६ जना रहेका छन् । यो सङ्ख्यामा नुवाकोट घर भएर अन्यत्र जाँच गराउदाँ गराएको जिल्लामा समावेश भएकाले केहीको तथ्याङ्क समावेश नभएको र रोजगारको लागी नुवाकोटमा आएर बस्ने क्रममा कोरोना देखिएका जिल्ला नुवाकोट बाहिरका व्यक्तिपनि समावेश गरिएको स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकृत उत्तम खनालले जानकारी दिनुभएको छ । उहाँको अनुसार नुवाकोटमा सक्रमण देखिएका मध्ये त्रिशूली अस्पतालमा ६ जना, खरानीटार अस्पतालमा १ जना र काठमाडौको विभिन्न अस्पतालमा सातजना उपचाररत रहेका छन् भने ६२ जना सक्रमित निको भएर घर फर्किएका छन् ।





प्रतिक्रिया दिनुहोस्