• २५ माघ २०७९, बुधबार

आइतबार शेयरबजार परिसूचक नेप्से बढेको छ । आज नेप्से १२ दशमलव ७७ अङ्कले बढेर १४ सय १० दशमलव ३४ अङ्कमा पुगेको छ । आज जलविद्युत, व्यापार र सामुहिक लगानीबाहेक अन्य सबैजसो समूहको शेयर उकालो लागेको छ ।

निर्जीवन बिमा समूहको शेयर दुई सय ३३, जीवन बिमा समूहको एक सय ७३, उत्पादनको ८८ र होटल समूहको शेयर २३ अङ्कले बढेको छ । आज एक अर्ब १० करोड ८० लाख रुपैयाँ बराबरका २४ लाख ९८ हजार ६ सय कित्ता शेयर किनबेच भएका छन् । आज सम्बृद्धि फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै झण्डै १० प्रतिशत कमाएका छन् । समग्र बजार बढे पनि पञ्चकन्यामाई हाइड्रोपावर लिमिटेडका शेयरधनीले भने झण्डै पाँच प्रतिशत गुमाएका छन्





प्रतिक्रिया दिनुहोस्