• २२ भाद्र २०८१, शनिबार

नेपाली नारीहरुको महान पर्व हारितालिका तीज पर्व सम्पन्न

नेपाली नारीहरुको महान पर्व हारितालिका तीज पर्व आजदेखि सक्किएको छ । तीज पर्वको अन्तिम दिन ऋषि पञ्चमीको अवसरमा आज हिन्दु नारीहरुले जलाशयमा गएर तीन सय ६५ वटा दत्तिवन बाट दात माझ्ने, चोखो माटो र तिलले नुहाई सप्तऋषिको पुजाआजा गरेर मनाएका छन् । नारीहरूले अरुधन्ती सहित सप्तऋषि, कस्यप, अत्री, भारद्वाज, बशिष्ठ, जमदग्नी, गौतम र विश्वामित्रको पूजा आराधना गरी आजबाट तीजको पर्व र ब्रत एकैसाथ समापन गरेका छन् । यस्तै, नारीहरुले बशिष्ठ ऋषि र बशिष्ठ ऋषिकी पत्नी अरुन्धतीलाई काँसे घाँसको फुल चढाएर पुजा गरी ऋषि पञ्चमी पर्व सहित तीज पर्वको समापन गरेका छन् ।

हिन्दुधर्म शास्त्र अनुसार ब्रम्ह हत्याको पाप मुक्ति तथा रजस्वला भएका अवस्थामा जानी नजानी भए गरेका पापजन्य कार्यबाट मुक्तिको लागी सप्तऋषिको पूजा गर्ने चलन हिन्दु धर्म शास्त्रमा उल्लेख गरिए अनुसार नारीहरुले हरेक वर्ष पञ्चमी नुहाउन लागेको छन् । सप्तऋषिको पूजा तथा स्नान गर्न नदी, खोला, धारा तथा जलाशयहरुमा जाने भएपनि यसवर्ष कोरोना रोगको सक्रमणको जोखिमले घरघरमै तथा सामाजिक दुरी कायम गरेर मात्र नुहाउन नेपाल सरकारले गरेको अपिल अनुसार दरखाने दिनदेखि आजसम्मको तीज पर्व घरभित्रै सिमित बनेको छ । वर्ष दिनको प्रतिकको रुपमा ३६५ वटा दतिवनले दाँत माझेर, माटो, तिल र अमलाको पिनाले स्थान गरेर चोखो वस्त्र पहिरेर मध्यान्हमा सप्तऋषिको पुजा गरिने परम्परालाई यसवर्ष सामान्य रुपमा निरन्तरता मात्र दिइएको छ । सप्तऋषिको पूजा पश्चात तीन दिन अघि दर खाएर मनाउन थालिएको तीज पर्व आजैबाट समापन भएको छ । तीज पर्वको समयमा कोरोना रोगको सक्रमणको कारण आफ्नो माइती तथा जन्म घरमा जान नपाएको र समूहमा पर्व मनाउन नपाउदाँ यसवर्षको तीज पर्व निराशाजनक भएको चेलीहरुले बताएका छन् ।





प्रतिक्रिया दिनुहोस्