• २५ माघ २०७९, बुधबार

पछिल्लो २४ घन्टामा ८१८ जनालाई कोरोना संक्रमण पुष्टि

मुलुकभर ८१८ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा ८१८ जनालाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आज आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले थपिएका नयाँ संक्रमितसँगै नेपालमा कूल संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको जानकारी दिनुभएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र २६६ जना संक्रमित थपिएका छन् । उनीहरुमध्ये काठमाडौंमा १२६, भक्तपुरमा २८ र ललितपुरमा १२ जना छन् । यस्तै, पर्सामा १३९ जना संक्रमित थपिएका छन् । सर्लाहीका ९१ जना, धनुषाका ६०, मोरङका ५०, बाराका ३९, महोत्तरीका ३४, नवलपरासीका ३०, रुपन्देहीका २८, काभ्रेका २७, अछामका २३, सिराहाका १४, अर्घाखाँचीका १२, कपिलवस्तु र बाँकेका ११÷११ जना र झापाका १० जना संक्रमित भएका छन् । सुनसरी र रौतहटका ९÷९ जना, दोलखा, नवलपुर र रुकुम पश्चिमका ६÷६ जना, कास्कीका ५, सप्तरी र बैतडीका ४÷४ जना, बझाङका ३, रामेछाप, गोरखा, पाल्पा, प्युठान, बर्दिया, जुम्ला र डडेलधुराका २÷२ जना र रसुवा, धादिङ, मकवानपुर, सिन्धुली, रुकुम पूर्व, रोल्पा र दार्चुलाका १÷१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै, पछिल्लो २४ घन्टामा २८१ जना डिस्चार्ज भएसँगै निको हुनेको संख्या १८ हजार ६३१ पुगेको छ । संस्थागत आइसोलेसनमा बस्नेको संख्या १३ हजार १५५ र क्वारेन्टाइनमा ११ हजार ४१४ रहेका छन् । २४ घन्टामा ८ हजार २६ पीसीआर परीक्षण गरि आजसम्म ६ लाख ४४४ पीसीआर परीक्षण भईसकेको मन्त्रालयले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्