• २१ माघ २०७९, शनिबार

जिबजिबे ग्रामीण अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि

रसुवाको कालिका गाँउँपालिका वडा नं. ५ मा रहेको जिबजिबे ग्रामीण अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना रोगको सक्रमण पुष्टि भएको छ । यही भदौ ४ गते लिइएको स्वाब नमूनाको आज आएको नतिजामा २७ वर्षका नर्समा कोरोना रोगको सक्रमण देखिएको हो ।

रोजगारको लागी दुई साता अघि मात्र अस्पतालमा आउनुभएका ती व्यक्तिमा देखिएको कोरोनाको श्रोत खुल्न नसक्दा सम्पर्कमा जोडिएका व्यक्तिको स्वब संकलनको लागी समस्या देखिएको छ । अस्पतालमा बसेर नियमित सेवा पुराउदै आउनुभएका नर्समा नै रोगको सक्रमण देखिएपछि अनिश्चित समयको लागी ‘जिबजिबे ग्रामीण अस्पताल’ले प्रवाह गर्ने सेवा स्थगित गरिएको अस्पतालले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्