• २२ भाद्र २०८१, शनिबार

तादी गाउँपालिका खरानीटार निवासी ७२ वर्षका एक महिलालाई कोरोना सक्रमण पुष्टि

नुवाकोटका तादी गाउँपालिका वडा नं. ३ खरानीटार निवासी ७२ वर्षका एक महिलालाई कोरोना रोगको सक्रमण पुष्टि भएको छ । रक्तचाप बढेर स्वास्थ्यमा समस्या देखिएसगैँ यही भदौ ४ गते एम्बुलेन्स मार्फत काटमाडौको त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगेको महिलामा गरिएको परीक्षणमा कोरोना रोगको सक्रमण देखिएको हो ।

शिक्षण अस्पतालमा भर्ना भएसगैँ त्यहाँ गरिएको जाँचमा कोरोना रोग भएको नतिजा आएको र अहिले सक्रमित महिलालाई त्रिवि अस्पतालकै ‘कोभिड अस्पताल’को कक्षमा सारिएको छ । ती महिलाको अबस्था गम्भीर भएकाले भेन्टिलेटरमा राखेर उपचार भैरहेको तादी गाउँपालिकाको अध्यक्ष नारायणप्रसाद पाण्डेले जानकारी दिनुभएको छ । सक्रमित देखिएका महिला खरानीटार बजार निवासी भएको र उनी मानसिक रुपमा समेत कमजोरी भएकाले धेरै स्थानमा आउजाउ गर्ने गरेको पाइएसगैँ सम्पर्कमा जोडिएकाहरुको खोजीको लागी स्वास्थ्य शाखाको खोजपड्ताल टोलीले आजैदेखि सक्रियता देखाएको छ । उनलाई कोरोना रोगको सक्रमण देखिएसगैँ खरानीटार बजारको चारकिल्ला निर्धारण गरेर सिल गरिएको छ । उनी बजार छाडेर कही कतै नगएको व्यक्ति भएकाले समुदायस्तरबाट रोगको सक्रमण सरेको हुनसक्ने भएकाले खरानीटार बजार सिल गरेर कन्ट्रयाक ट्रेसिङको काम अघि बढाइएको हो । तादी गाउँपालिका र जिल्ला प्रशासन कार्यालय नुवाकोटले औपाचारिक निर्णय गर्न बाँकी भएपनि कोरोना रोगको थप जोखिम नहोस भनेर आज बिहानैदेखि तादी गाउँपालिकाले आउजाउमा कडाइ गरेको छ भने ती महिलाको सम्पर्कमा रहेका व्यक्तिको खोजपड्तालको काम पनि सुरु भैसकेको गाउँपालिकाको स्वास्थ्य शाखाका बिनोदराज खरेलले जानकारी दिनुभएको छ ।





प्रतिक्रिया दिनुहोस्