• २२ भाद्र २०८१, शनिबार

नुवाकोटमा नेकपा विप्लव समूहको सक्रियता बढ्यो

नुवाकोटमा नेकपा विप्लव समूहको सक्रियता पुनः देखिएको छ ।विप्लव नेतृत्वको नेकपा माओवादीले बेलकोटगढी नगरपालिकाको वडा नं.१३ स्थित राजेन्द्रबहादुर तामाङको स्काभेटरमा आगजनी गरेको छ भने म्यागङ गाउँपालिकाको अध्यक्ष आशा तामाङलाई गाउँपालिकाको स्टोर शाखामा लागेको आगो आफैले लगाएको भनेर स्वीकार गर्न चेतावनीयुक्त पत्र पठाएको छ ।

आगजनी गरेको स्काभेटर

समूहमा आएका नचिनेका व्यक्तिहरुले बेलकोटगढी नगरपालिका वडा न. १३ बाराही स्थित राजेन्द्रबहादुर तामाङ मार्फत सञ्चालनमा रहेको स्काभेटरलाई गएराती १२ बजेतिर आगजनी गरेको हो । घर परिसरमा रोकि राखेको स्काभेटरको चालक बस्ने सिट सहित आगोले क्षति पुग्ने स्थानहरु सबैमा आगो लगाए पछि आफू उठेर निभाएका स्काभेक्टर सञ्चालक राजेन्द्र तामाङले जानकारी दिनुभएको छ ।त्यस स्थानमा नेकपा विप्लव समूहको माओवादीले कारबाही गरेको आशयको पत्र छाडेकाले घटनामा उनीहरुको संलग्ना देखिएको छ । पत्रमा राजेन्द्रबहादुर तामाङले दुई वर्ष अघि नेकपा विप्लव समूहले कब्जामा लिएको जग्गाबाट अबैध रुपमा बालुवा उत्खनन गर्ने गरेकोका कारण त्याहाँ प्रयोग भएको स्काभेक्टर जलाउन बाध्य भएको भनिएको छ । आगजानी स्थलमा भेट्टिएका पत्रमा नेकपा विप्लव समूहले कब्जा गरेको जग्गाबाट अबैध रुपमा बालुवा उत्खनन गरेको, समाजमा चरित्रहीन काम गरेको, पाटी विरुद्ध सुराकी गर्ने गरेको, सोझा–सिधा निमुखा जनतालाई अनावश्यक रुपमा दुःख दिएको आरोप लगाउदै सच्चिन दिएको कार्यमा तत्कालै सुधार नगरे थप जनकारबाही गर्न बाध्य हुने चेतावनी दिइएको छ ।

यसैगरी, नेकपा विप्लव समूहले विज्ञप्ती जारीगर्दै म्यागङ गाउँपालिकाको कार्यालयको स्टोर शाखामा गएके बैैशाख ८ गते दिउसोँ भएको आगलागी घटनालाई लिएर गाउँपालिकाको अध्यक्ष आशा तामाङले नै आगो लगाउन लगाएको भन्दै गल्ती सच्चाएर माफी माग्न र नमागे जनकारबाहीको चेतावनी दिइएको छ । विप्लव समूहले जारी गरेको ‘भ्रष्टाचार विरुद्धको विज्ञप्ती’मा गाउँपालिकासंग सम्बन्धित सम्र्पूण आर्थिक लेखा प्रणालीका पछिल्लो तीन वर्षको कागजात राखेको स्टोर शाखामा भएको आगलागीमा गाउँपालिकाको अध्यक्ष रहनुभएका आशा तामाङले आगो लगाएर विप्लव समूहको नाम जोडेर पाटीलाई बदनाम गराएको भन्दै आपत्ति जनाएको छ । नेकपा विप्लव समूहको नुवाकोट इञ्चार्ज सविता तामाङ ‘बिन्दु’ले हस्ताक्षर गरेको विज्ञप्तीमा ‘निश्चित समयभित्र म्यागङ गाउँपालिकाको अध्यक्ष आशा तामाङले ब्यापक जनसहभागितामा आफूले गरेको भ्रष्टाचार र अनियमितता स्वीकार गरेर जनतालाई आय÷व्याय दुरुस्त नबुझाए पाटीको अपिलमा जनताबाटै जनकारबाही गर्ने चेतावनी’ दिइएको छ ।

म्यागङ गाउँपालिकाको वडा नं ३ देउराली स्थित गाउँपालिकाको स्टोर शाखामा आगलागी विद्युत सर्ट भएर भएको र त्यस क्रममा महत्वपूर्ण आर्थिक लेखा प्रणाली राखिएको कागजात सहित १४ लाख रुपैयाँ क्षति पुगेको जिल्ला समन्वय अधिकारीको संयोजकत्वमा गठन भएको छानबिन समितिले जनाएको थियो । सत्तारुढ नेकपाको म्यागङ गाउँपािलकाले घटनामा गाउँपालिकाको अध्यक्ष आशा तामाङकै मिलेमतोमा आगो लगाएको आरोप लगाउदै आएको अबस्थामा विप्लब समूहले पनि उहाँकै संलग्नता आगो लगाएको भन्दै त्यस गल्तीको आत्मआलोचना गरेर माफी माग्नुपर्ने चेतावनी सहितको विज्ञप्ती निकालेको हो ।





प्रतिक्रिया दिनुहोस्