• १८ माघ २०७९, बुधबार

घ्याङफेदीको नेगी गाउँ को बस्ती माथी रहेको ठूलो ढुङ्गा तत्कालै हटाइने

दुप्चेश्वर गाउँपालिकाको वडा नं. १ घ्याङफेदीको नेगी गाउँमा बस्तीमाथी रहेको ठूलो ढुङ्गाले बस्ती जोखिममा पुराएकाले त्यसलाई तत्कालै हटाइने भएको छ ।नेगी गाँउको ३५ घरधुरी परिवारलाई जोखिम बनाएको जानकारी पाए पश्चात दुप्चेश्वर गाउँपालिकाको अध्यक्ष योविन्द्रसिंह तामाङले हिजो स्थलगत अवलोकन गरेपछि फर्केपछि दिएको सूचनाको आधारमा आज त्यसतर्फ जिल्लास्तरको सुरक्षा निकायको टोली अवलोकनको लागी पुगेको हो ।

जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङ, प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाल सहित जिल्लामा रहेका चारवटै सुरक्षाअङ्गका प्रमुखहरुको टोलीले नेगीमा रहेको ढुङ्गाको अवलोकन गर्दै हटाउने योजना बनाएको छ । पाँच वर्ष अघि गएको भूकम्पको समयमा हल्लिएर मानव वस्तीतिर बग्न लागेको ढुङ्गा यसवर्ष निरन्तरको वर्षाको कारण खस्न सक्ने भएकाले स्थानीयबासीले जोखिम हटाउन गरेको आग्रह अनुसार जिल्लास्तरको टोलीले सक्रियता देखाएको हो । नेगी गाउँको बस्तीमा ढुङ्गा खस्ने अबस्था देखिएसगैँ नेपाली सेना मार्फत त्यसलाई विस्फोट गराई जोखिम हटाउने योजना बनाइएको दुप्चेश्वर गाउँपालिकाको अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिनुभएको छ । .

नुवाकोटमा विपद्बाट उच्च जोखिममा रहेको दुप्चेश्वर गाउँपालिकाको वडा नं.१ को घ्याङफेदीको नेगी सहितको वस्तीमा जोखिम मुक्त बनाउन लागिएको छ । अहिले बगिरहेको पहिरोको प्राविधिक अध्ययन गरेर रोकथाम गर्ने तथा जोखिम बस्तीलाई सुरक्षित बनाउनुपर्ने अबस्था रहेको जानकारी जिल्ला सुरक्षाको टोलीलाई दुप्चेश्वर गाउँपालिकाको अध्यक्ष योविन्द्रसिंह तामाङले गराउनुभएको थियो । उहाँले सुरक्षा समितिलाई वडा नं. १ घ्याङफेदीको विभिन्न वस्ती सहित वडा नं .४ बेतिनीको विभिन्न वस्ती लगायतमा पहिरोको जोखिम रहेकाले त्यसलाई तत्कालै जोखिममुक्त बनाउन माग गर्नुभएको छ । ..योविन्द्र.२…





प्रतिक्रिया दिनुहोस्