• २१ मंसिर २०८१, शुक्रबार

उपत्यका मा निषेधाज्ञा को समयमा खाद्यवस्तुका पसल बिहान सवा नौ बजेसम्म खोल्न पाइने

काठमाण्डौ उपत्यकाका निषेधाज्ञाको समयमा खाद्यवस्तुका पसल बिहान सवा नौ बजेसम्म खोल्न पाइने भएको छ । यसअघि सात बजेसम्म मात्रै पसल खोल्न पाइने नियम परिवर्तन गर्दै तीनवटै जिल्ला प्रशासन कार्यालयले बिहान सवा नौ बजेसम्म खोल्न पाइने बनाएको हो ।

A traffic policeman walks in a road on the deserted Durbar Marga in Kathmandu as a lockdown is imposed to contain the coronavirus disease (COVID-19) in Nepal, on March 24, 2020. Photo: Suresh Chaudhary/THT

दूध, तरकारी, खाद्यान्न, माछामासु लगायतका खाद्यजन्य पसलको लागि यो आदेश लागू हुनेछ । पानी र स्वास्थ्य सामग्री तथा औषधि पसलको लागि भने समय तोकिएको छैन, निर्वाध रुपमा खोल्न पाइनेछ । उपत्यकामा सङ्क्रमण बढेपछि गएको भदौ ३ गते राति १२ बजेदेखि १० गतेसम्म निषेधाज्ञा जारी भएको छ ।





प्रतिक्रिया दिनुहोस्