• १८ माघ २०७९, बुधबार

जीवजीवे ग्रामीण अस्पतालका एक जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि अस्पतालको ओपिडी वार्डहरू सिल

रसुवाको जीवजीवे ग्रामीण अस्पतालका एक जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएसँगै अस्पतालको ओपिडी र वार्डहरू सिल गरिएको छ । आइतबार २७ वर्षीय महिला स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको थियो ।

उनलाई त्यही रहेको आइसोलेसनमा राखिएको छ । अस्पतालले जारी गरेको प्रेस विज्ञप्ती अनुसार उनी एक महिनादेखि उक्त अस्पतालमा नै कार्यरत थिइन् । गएको साउन २५ गतेदेखि भदौ ६ गतेसम्म अस्पतालमा सेवा लिन आएका सेवाग्राहीलाई सेल्फ क्वारेन्टिनमा बस्न अस्पतालले आग्रह गरेको छ । अस्पतालमा कार्यरत कर्मचारीहरूको प्रोटोकल अनुसार स्वाब संकलन गरी कन्ट्याक ट्रेसिङ गर्नुपर्ने भएकाले अस्पतालले अति आवश्यक सेवा बाहेक अन्य सेवा बन्द गरेको छ । हालसम्म जिल्लामा १५ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये १३ जना निको भएर घर फर्किसकेका छन् । कार्यालयका अनुसार जिल्लाको नौकुण्ड गाउँपालिकामा ९, उत्तरगयामा ३ र कालिकामा १ जनामा कोरोना पोजेटिभ देखिएको थियो । जिल्लामा हालसम्म ४ सय ५२ वटा स्वाब संकलन गरिएको छ । जसमा २ सय ७३ को नतिजा नेगेटिभ आएको छ । अब १ सय ६४ वटाको नतिजा आउन बाँकी छ । जिल्लामा ३५ शैयाको आइसोलेसन र ३ सय २ शैयाको क्वारेन्टिन रहेको छ





प्रतिक्रिया दिनुहोस्