• २१ माघ २०७९, शनिबार

थप आठ जनाको मृत्यु ज्यान गुमाउनेको संख्या १५७ पुग्यो

कोरोना भाइरसको संक्रमणबाट थप आठ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १५७ पुगेको छ ।

मृत्यु हुनेमा रुपन्देहीका चार जना रहको डा. गौतमले जानकारी दिनुभएको छ । उहाँका अनुसार मृत्यु हुनेमा रुपन्देहीका ६७ वर्षीया बृद्धा र ३८, ५३ र ५४ वर्षीय पुरुष रहेका छन् ।
यसैगरी, सुनसरीका ६८ वर्षीय बृद्ध, मोरङमा ६५ वर्षीय बृद्ध, पर्साका ७० वर्षीया बृद्धा र काठमाडौंकी ४८ वर्षीया महिलाको मृत्यु भएको छ । आज एकैदिन थप आठ जनाको कोरोनाका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १५७ पुगेको छ ।





प्रतिक्रिया दिनुहोस्