• २ फाल्गुन २०८१, शुक्रबार

पछिल्लो २४ घन्टामा थप ७४३ जनालाई कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घन्टामा थप ७४३ जनालाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयले आज आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले थपिएका नयाँ संक्रमितसँगै नेपालमा कूल संक्रमितको संख्या ३२ हजार ६७८ पुगेको जानकारी दिनुभएको छ ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र २२४ संक्रमित भेटिएका छन् । काठमाडौमा १७७ जना, ललितपुरमा ३३ र भक्तपुरमा १४ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै, बाराका ९४ जना, कैलालीका ७९, पर्साका ३४, चितवनका ३२, मोरङका ३१, सुनसरीका २३, जाजरकोट र कञ्चनपुरका १९÷१९ जना, मकवानपुर र रुकुम पश्चिमका १८÷१८ जना, सप्तरीका १५, सुर्खेतका ११, सिराहाका १० र कपिलवस्तुका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।सर्लाही र बाँकेका ८÷८ जना, रुपन्देहीका ६, झापा, धनुषा, रौतहट, काभ्रे, सिन्धुपाल्चोक, नवलपुर र नवलपरासीका ५÷५ जना, खोटाङ, गुल्मी र डडेलधुराका ४÷४ जना, ओखलढुंगा, तनहुँ, कालीकोट र बैतडीका ३÷३ र धादिङ, धनकुटा, संखुवासभा, रामेछाप, कास्की, बाग्लुङ, पाल्पा र रोल्पाका २÷२ मा संक्रमण देखिएको छ ।

यस्तै, इलाम, उदयपुर, दोलखा, गोरखा, म्याग्दी, स्याङ्जा, अर्घाखाँची, बर्दिया, दार्चुला र बाजुरामा एक÷एक जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणमुक्त भएर घर फर्किनेको संख्या १७५ जना रहेको छ । योसँगै हालसम्म निको हुनेको संख्या १८ हजार ८ सय ६ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुुसार आजसम्म पीसीआर विधिबाट ६ लाख १० हजार ४६९ परीक्षणहरु गरिएका छन् भने २४ घण्टामा जम्मा १० हजार २३४ पीसीआर परीक्षण भएका छन् ।





प्रतिक्रिया दिनुहोस्