• २१ माघ २०७९, शनिबार

उपत्यकामा गएको २४ घण्टामा २ सय २४ जना कोरोनाका सङ्क्रमित

काठमाडौ उपत्यकामा गएको २४ घण्टामा २ सय २४ जना कोरोनाका सङ्क्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा काठमाण्डौमा एकसय ७७, भक्तपुरमा १४ र ललितपुरमा ३३ जना कोरोनाका सङ्क्रमित थपिएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभएको छ । देशैभर अहिलेसम्म ३२ हजार ६ सय ७८ जना सङ्क्रमित पुगेका छन् भने सङ्क्रमितमध्ये अहिलेसम्म १८ हजार आठ सय ६ जना उपचारपछि निको भएका छन् । काठमाण्डौ उपत्यका लगायत देशैभर कोरोना भाइरसको जोखिम बढेसँगै विभिन्न जिल्लामा निषेधाज्ञा र लकडाउन आह्वान गरिएको छ ।





प्रतिक्रिया दिनुहोस्