• २१ माघ २०७९, शनिबार

भाल्चेको विभिन्न वस्तीमा पहिरो पहिरो ले दर्जनौ घर जोखिममा

नुवाकोटको किस्पाङ गाउँपालिका वडा नं. १ को भाल्चेको विभिन्न स्थानमा गएको पहिरोले त्यस क्षेत्रमा पर्ने दर्जनौ घर जोखिममा परेको छ ।

लामो समयदेखि नै जोखिममा रहेका वस्तीमा यसवर्ष पनि पहिरो बगेपछि भाल्चेको विभिन्न वस्तीमा रहेका घरपरिवार जोखिममा परेकाले जिल्ला विपद् व्यावस्थापन समिति मार्फत सम्बोधन गर्नको लागी वडाध्यक्ष आइद घलेले आग्रह गर्नुभएको छ । भाल्चेमा रहेको संयोगपर खोला, बुर्गेन, त्याङ्ग्रोन, सेग्रे–ग्याङ, जल्जुखोल लगायतको स्थानमा बगेको पहिरो नियन्त्रणको लागी वडाध्यक्ष आइद घलेले किस्पाङ गाउँपालिकास्तरबाट भन्दापनि जोखिम न्युनिकरण र पुर्नस्थापनाको लागी बृहत्त कार्यक्रम आवश्यक पर्ने भएकाले पीडितको सम्बोधन जिल्लास्तरबाटै हुनुपर्ने बताउनुभएको छ अविरल वर्षा आएपछि पीडितहरुले आफूहरु विचल्लीमा पर्ने गरेको भन्दै वडाध्यक्षलाई फोन गरेर तत्कालै सुरक्षित स्थानमा स्थान्तरण गरिदिनको लागी अपिल समेत गर्दै आएका छन् ।





प्रतिक्रिया दिनुहोस्