नेप्से परिसूचक सोमबार २१ अङ्कभन्दा धेरैले बढेको छ । परिसूचक सोमबार २१ दशमलव २६ अङ्कले बढेर १४ सय ३१ दशमलव ६० अङ्कमा पुगेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ
यस्तै ुकु वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि साढे तीन अङ्कले बढेको छ । होटल समूहबाहेक आज सबै समूहका उपसूचक बढेका छन् । सबैभन्दा धेरै जीवन बीमा समूहको १६२ दशमलव ८७ र निर्जीवन बीमा समूहको १२८ दशमलव ६९ अङ्कले सुधार भएको छ । सोमबार दिनभर दुई अर्ब १३ करोड रुपैयाँ बराबरका ४९ लाख २४ हजार रुपैयाँ बराबरका शेयर कारोबार भएको छ । नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको सबैभन्दा धेरै २१ करोड ६० लाख रुपैयाँ बराबरका शेयर कारोबार भएको छ । सोमबार कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका शेयर लगानीकर्ताले झण्डै सात प्रतिशत कमाएका छन् । च्यांदी हाइड्रोपावर लिमिटेडका शेयर लगानीकर्ताले भने दुई दशमलव २५ प्रतिशत गुमाएका छन् ।