• २३ पुष २०८१, मंगलवार

१० खर्ब ३८ अर्ब ९२ करोड बराबर को विदेशी मुद्रा सञ्चित

विदेशी मुद्राको सञ्चिति बढेको छ । गत आर्थिक वर्षको वाषिर्क अध्ययन रिपोर्ट सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको सञ्चिति पर्याप्त रहेको जानकारी दिएको हो । राष्ट्र बैंकका अनुसार २०७६ असार मसान्तमा १० खर्ब ३८ अर्ब ९२ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३४।९ प्रतिशतले वृद्धि भई २०७७ असार मसान्तमा १४ खर्ब १ अर्ब ८४ करोड पुगेको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७६ असार मसान्तमा ९ अर्ब ५० करोड रहेकोमा २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड पुगेको राष्ट्र बैंकले बताएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७६ असार मसान्तमा ९ खर्ब २ अर्ब ४४ करोड रुपैयाा थियो । २०७७ असार मसान्तमा बढेर १२ खर्ब २६ अर्ब १२ करोड रुपैयाा पुगेको छ । बैंक तथा वित्तीय संस्था ९नेपाल राष्ट्र बैंकबाहेक० सँग रहेको विदेशी विनिमय सञ्चिति भने २०७६ असार मसान्तमा १ खर्ब ३६ अर्ब ४७ करोड रहेकोमा २०७७ असार मसान्तमा १ खर्ब ७५ अर्ब ७१ करोड पुगेको छ ।

राष्ट्र बैंकका अनुसार २०७७ असार मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२।८ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७६र७७ को आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४।४ महिनाको वस्तु आयातलाई धान्ने राष्ट्र बैंकका अनुसन्धान विभाग प्रमुख डा। गुणाकर भट्ट बताउाछन् । उनका अनुसार यसले १२।७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । समीक्षा वर्षमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३७।२ प्रतिशत, १०५।८ प्रतिशत र ३३।१ प्रतिशत रहेका छन् । २०७६ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३०।० प्रतिशत, ६४।९ प्रतिशत र २९।० प्रतिशत रहेका थिए ।





प्रतिक्रिया दिनुहोस्