• २४ माघ २०७९, मंगलवार

नेपालमा हुन लागेको कोरोना भाइरस विरुद्धको खोप परीक्षणको विरोध नगर्न स्वास्थ्य मन्त्रालय को आग्रह

नेपालमा हुन लागेको कोरोना भाइरस विरुद्धको खोप परीक्षणको विरोध नगर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

चीन, रुस र बेलायतले बनाएको कोरोना विरुद्धको खोपको परीक्षण गर्ने तयारी भएपछि यसको विरोध सुरु भएको भन्दै मन्त्रालयले मापदण्ड पालना गरेर मात्रै परीक्षण गरिने हुँदा ढुक्क हुन आग्रह गरेको हो । नेपाल अनुसन्धान परिषद् र विश्वव्यापी मान्यताको आधारमा स्वतःस्फूर्त रुपमा खोपको अध्ययन र परीक्षणमा सामेल हुन चाहनेलाई मात्रै सहभागी गराइने हुँदा यसमा भ्रम नराख्न स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले अपिल गर्नुभएको छ । तेस्रो चरणमा पुगेका खोपको परीक्षण गर्न चीन, रुस र बेलायतका कम्पनी इच्छुक भएसँगै नेपालमा परीक्षणको प्रक्रिया अगाडि बढेको छ ।





प्रतिक्रिया दिनुहोस्