तारकेश्वर गाउँपालिका वडा नं. ४ बुधसिंहको सिम्ले स्थित पुछार–टोलमा पहिरोले पाँच घर जोखिम बनाएको छ । ग्रामीण सडक विस्तारका कारण वस्ती माथीबाट पहिरो खस्न थालेपछि सिम्ले स्थित पुछारटोलमा रहेका पाँच परिवार जोखिममा परेका छन् ।
पहिरोको कारण सिम्लेका वीरबहादुर तिवारी, शम्भु तिवारी, बिनोद तिवारी, मोतिराम शाही र काले तामाङको घर जोखिममा परेको हो । गएको वर्षदेखि नै बग्न थालेको पहिरो यसवर्ष थप ठूलो आकार लिएर बगेपछि पाँच परिवार जोखिममा परेकाले उनीहरुलाई तत्कालै स्थान्तरण गर्न आवश्यक देखिएको ‘तारकेश्वर गाउँपालिकास्तरीय युवा अभियान’का अध्यक्ष सुशीला लामिछानेले जानकारी दिनुभएको छ ।