• २५ माघ २०७९, बुधबार

काठमाडौंमा निषेधाज्ञा अझै कडा बनाउने तयारी हुँदै

काठमाडौंमा निषेधाज्ञा जारी भएको छैठौं दिन भएको छ । स्थानिय प्रशासनले कोरोना नियन्त्रणको लागी निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञालाई अझै कडा बनाएर कोरोना नियन्त्रण बारे रणनिती बनाउने बैठक बस्न लागेको काठमाडौंका सिडियो जनकराज दाहालले बताए ।

निषेधाज्ञाको समयमा पनि कोरोना नियन्त्रणमा नआएको भन्दै आज फेरी तिनै जिल्लाका सिडियोहरुको मिटिङ बोलाइएको छ । काठमाडौंमा दिनानुदिन कोरोना संक्रमित बढ्दै जाँदा हिजो सोमबार उपत्यका मेयर फोरमले थप ५ दिन निषेधाज्ञा जारी राख्न आग्रह गरेका थिए ।मंगलबार उपत्यकाका ३ सिडियोहरुको बैठकले थप ५ दिन निषेधाज्ञा थप्न सक्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी दाहलले बताए । आज ४ बजे बस्ने बैठकले उपत्यका मेयर फोरम, तिनै जिल्लाका सिसिएमसीको निर्णय तथा सुझावबारे पनि छलफल हुन लागेको दाहाले बताए ।





प्रतिक्रिया दिनुहोस्