• २४ माघ २०७९, मंगलवार

नुवाकोटको विभिन्न स्थानमा लगाइएको निषेधाज्ञा विदुर नगरपालिका सहित केही ठाँउमा एक साताको लागी हटाइयो

नुवाकोटको विभिन्न स्थानमा लगाइएको निषेधाज्ञा विदुर नगरपालिका सहित अन्य स्थानको केही ठाँउमा एक साताको लागी हटाइएको छ । बाहिरी जिल्ला जाने आउने गर्ने सडक मार्ग पर्ने क्षेत्रमा भने एक साताको लागी निषेधाज्ञा कायमै नै राखिएको छ । आज बसेको ‘कोभिड–१९ रोग रोकथाम तथा नियन्त्रण सम्बन्धी’को बैठकले साउन २५ गतेदेखि सुरु विभिन्न समयमा थप गरेको निषेधाज्ञाको क्षेत्र ६ वटा स्थानीयतहको सडक मार्ग पर्ने स्थानमा मात्रै कायम राखेर बाँकी स्थानमा खुला गर्ने निर्णय गरेको हो । जारी रहेको निषेधाज्ञा कायमै रहने स्थानहरुमा बेलकोटगढी नगरपालिकाको वडा नं ५,७,८,१२ र १३ का सम्पूर्ण क्षेत्र, लिखु गाउँपालिकाको वडा नं ४, ५ र ६ को सबै क्षेत्र, तादी गाउँपालिकाको वडा नं ३ र ५ का सम्पूर्ण क्षेत्र रहेका छन् ।

यसैगरी, शिवपुरी गाउँपालिकाका वडा नं ६, ७ र ८ का सम्पूर्ण क्षेत्र, ककनी गाउँपालिकाका पासाङ ल्हामु राजमार्ग आसपासमा पर्ने वडा नं १, २, ४ र ६ का सम्पूर्ण क्षेत्र र तारकेश्वर गाउँपालिकाको वडा नं २, ४ र ५ का सम्पूर्ण क्षेत्रमा अहिले जारी रहेको निषेधाज्ञा कायमै रहने निर्णय भएको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जानकारी दिनुभएको छ । थानीय प्रशासन ऐन र संक्रामक रोग ऐन अनुसार निषेधाज्ञा जारी भएका क्षेत्रमा यसअघिको जस्तै अति आवश्यक बाहेकका सेवा मात्र तोकिएको समयको लागी सञ्चालन हुने र बाँकी सबै सेवा बन्द गर्ने निर्णयलाई कडाईको साथ कार्यान्वयन गर्ने निर्णय भएको छ । यसअघि कोरोना रोगको रोकथामको लागी निषेधाज्ञा लगाइएको क्षेत्र भएर पनि भोलिदेखि एक साताको लागी खुला गरिएको स्थान सहित निषेधाज्ञा नभएको क्षेत्रमा सर्वजनिक सेवा प्रवाह सिमितको लागी तोकिएको समयमा मात्र चल्ने बैठकले निर्णय गरेको छ । निषेधाज्ञा कायमै राखिएको क्षेत्रमा औषधी उपचार, खाद्य वस्तु खरिद, आफ्नै खेतबारीमा कृषिजन्य कार्य गर्ने जस्ता आवश्यक काममा बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्कन नपाउने निर्णय कडाईको साथ लागू गरिने प्रमुख जिल्ला अधिकारी झकनाथ ढकालले बताउनुभएको छ ।

निषेधाज्ञाको समयमा एम्बुलेन्स, बिरामी बोकेका गाडी, खाद्य वस्तु, तरकारी, दुध, खानेपानी, पेट्रोलियम पदार्थ बोक्ने गाडी, शव बाहन, फोहोर व्यवस्थापन गर्ने गाडी, पशुपंक्षीका दाना तथा कुखुरा बोक्ने गाडी, सञ्चारकर्मी, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने साधन मात्र चल्न पाउने र अन्य गाडी चलाउनु परेमा प्रशासन कार्यालयको अनुमति लिएको हुनुपर्ने भनिएको छ । निषेधाज्ञा कायमै रहेको स्थानमा अत्यावश्यक उपभोग्य वस्तु बिक्रि गर्ने खाद्यान्न पसल, माछा मासु तथा दुधजन्य वस्तु बिक्रि गर्ने पसल चलाउन पाइने तर, बिहानको ६ बजेदेखि १० बजेसम्म मात्र खोल्न पाइने निर्णय बैठकले निर्णय गरेको छ । धार्मिक, सांस्कृतिक लगायतका जमघट तथा भेला हुने सबै प्रकारका क्रियाकलापहरु सञ्चालन गर्न नपाइने र अत्यावश्यक सेवाका कार्यालय बाहेक सबै सरकारी निजी तथा गैरसरकारी क्षैत्रका कार्यालय, बैंक तथा वित्तीय संस्थाहरुबाट प्रदान हुँदै आएका नियमित सेवा सञ्चालन नहुनेभोलिदेखि कयम हुने गरेर एक साताको लागी तोकिएको स्थानमा मात्र निषेधाज्ञा लगाइएको छ भने त्यस क्षेत्रमा कोरोनाको सक्रमण देखिएमा तत्कालै सिल गर्नको लागी प्रशासन कार्यालयलाई सिफारिस गर्न पनि स्थानीयतहलाई अनुरोध गरिएको छ ।





प्रतिक्रिया दिनुहोस्