• ९ माघ २०८१, बुधबार

नुवाकोटमा अहिलेसम्म ७७ जनामा कोरोना रोगको सक्रमण ६६ जना निको भई घर फर्के

नुवाकोटमा अहिलेसम्म ७७ जनामा कोरोना रोगको सक्रमण भएको पाइएको छ ।आज बसेको ‘कोभिड–१९ रोग रोकथाम तथा नियन्त्रण सम्बन्धी’को बैठकमा स्वास्थ कार्यालय नुवाकोटका प्रमुख सागरप्रसाद घिमिरेले दिएको जानकारी अनुसार सक्रमण लागेका ७७ जना मध्ये ६६ जना निको भई घर फर्केको र ११ जना आइसोलेसनमा उपचाररत रहेका छन् ।

संक्रमित व्यक्तिहरुको निकट सम्पर्कमा रहेका २७४ जना ब्यक्तिहरु तथा जोखिमयुक्त ब्यक्ति समुहहरु समेत गरी ६३९ जनाको स्वाव संकलन गरि पीसीआर परीक्षण गरिएकोमा १६३ जनाको नतिजा आउन बाँकी रहेको पाइएको छ । नुवाकोटमा कोरोना रोग लागेमा उपचारको लागी आइसोलेसन वार्ड ४० वेड पूर्णरुपमा सञ्चालनमा रहेको २५ वेड केही दिनमै थप गर्न लागिएको छ । यसैगरी भावि दिनमा खरानीटार अस्पतालमा १० र त्रिशुली अस्पताल मातहतमा हुने गरेर ५० वेडको आइसोलेसन वार्ड समेत बनाउने लक्ष्य अनुसार काम अघि बढाउन लागिएको छ ।
त्रिशुलि अस्पतलामा पिसिआर जाँचको लागी प्रयोगशाला सञ्चालनको लागि उपकरण खरीद प्रकृया तथा जनशक्ति करारमा पदपूर्ति गर्ने कार्य पनि अघि बढाइसकेको स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागरप्रसाद घिमिरेले जानकारी दिनुभएकोछ । उहाँको अनुसार नुवाकोटमा कोरोना रोगको सक्रमण कायमै भएकाले काठमाडौ उपत्यका लगायत अन्य जिल्लाबाट आएका ब्यक्तिको निगरानी तथा क्वारनटाइन बस्ने निर्णयलाइ थप प्रभावकारी बनाउन जोड दिनुपर्ने देखिएको छ । यसैगरी रोगबाट बच्नेका लागी मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने, भीडभाड नगर्ने सावुन पानीले हात धुने, स्यानीटाइजर प्रयोग गर्ने लगायतका व्यवहारलाइ थप कडाइका साथ सवै ब्यक्तिले पालना गर्नको लागी भनिएको छ ।





प्रतिक्रिया दिनुहोस्