• २९ बैशाख २०८२, सोमबार

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप ७ जनाको मृत्यु

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप ७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

कोरोनाका कारण १ महिला र ६ पुरुष सहित ७ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले बताएको हो । मृत्यु हुनेमा काठमाडौंका ३ जना रहेका छन् भने काठमाडौंका ७४ र ६६ वर्षीय पुरुष र ७१ वर्षीया महिला छन् । यसैगरी, सिरहाका २२ वर्षीय पुरुष, पर्साका ६८ र ७६ वर्षीय पुरुष र रुपन्देहीका ५३ वर्षीय पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६४ पुगेको छ ।





प्रतिक्रिया दिनुहोस्