पछिल्लो २४ घण्टामा ८५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११ हजार ३२७ नमुना परीक्षण गर्दा २७१ महिला र ५८४ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
यससँगै संक्रमितको कुल संख्या ३३ हजार ५३३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र २३२ संक्रमित थपिएका छन् । काठमाडौंमा १९९, ललितपुरमा १९ र भक्तपुरमा १४ जना संक्रमित थपिएका हुन् ।यस्तै, सर्लाहीका ५८, डोटीका ४५, रौतहटका ४४, मोरङका ४३, धनुषाका ४२, चितवनका ३७, कपिलवस्तुका २३, अछामका १९, दाङका १८, बारा र महोत्तरीका १७÷१७ जना, सुनसरी र कैलालीका १६÷१६ जना, बाँकेका १५, कास्कीका १३, कञ्चनपुरका १२ तथा रुकुम पूर्व र बझाङका ९÷९ जना संक्रमित भएका छन् ।धादिङ र नवलपरासीका ८÷८ जना, तनहुँ र बार्दियाका ६÷६ जना, झापा, काभ्रे, कालीकोट र सुर्खेतका ५÷५, पर्सा, नवलपुर, पाल्पा, प्युठान, दैलेख र सल्यानका ४÷४ जना, सप्तरी, सिराहा, दोलखा र रोल्पाका ३÷३ जना तथा सोलुखुम्बु, मकवानपुर, सिन्धुपाल्चोक, गोरखा, पवर्त, गुल्मी, डडेलधुरा र वैतडीका २÷२ को रिपोर्ट पनि पोजेटिभ आएको छ ।
यसैगरी, नुवाकोट, उदयपुर, ओखलढुंगा, खोटाङ, लमजुङ, बाग्लङ, अर्घाखाँची, जुम्ला र मुगुमा १÷१ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा मात्र ३१३ जना डिस्चार्ज भएसँगै नेपालमा कुल १९ हजार १९९ जना कोरोनाकाबिरामी निको भएर घर फर्किएका छन् । अहिलेसम्म क्वारेन्टाइनमा रहनेको संख्या १० हजार ४ सय ५३ जना रहेका छन् भने आइसोलेसनमा रहनेको संख्या १४ हजार २५० जना रहेको छ ।