• १८ माघ २०७९, बुधबार

बाहिरी जिल्लाबाट नुवाकोट आउने लाई माझीटारमा बनाइएको एकीकृत क्वारेन्टिनमा राखिने

बाहिरी जिल्लाबाट नुवाकोट आउने सबै व्यक्तिलाई माझीटारमा बनाइएको एकीकृत क्वारेन्टिनमा राखिने भएको छ । आज बसेको ‘कोभिड–१९ रोग रोकथाम तथा नियन्त्रण सम्बन्धी’को बैठकले जिल्ला भित्रने नाकाबाट एम्बुलेन्स, मालबाहक सवारी साधन, कुखुरा तथा कुखुराका चल्ला बोक्ने गाडी वा अन्य जुनसुकै गाडी मार्फत जिल्लामा आउने ब्यक्तिलाई अनिवार्य रुपमा च्वाडी पब्लिक माध्यामिक विद्यालय माझीटारको जिल्लास्तरीय एकीकृत क्वारेन्टीनमा राख्ने निर्णय गरेको हो ।

कोल्पुटारबाट आउनेलाई माझीटारको क्वारेन्टीनमा राखिने र नाकाहरुबाट प्रवेश गर्ने व्यक्तिलाई सम्बन्धित स्थानीयतहले अनिवार्य रुपमा संस्थागत क्वारेन्टीनमा राख्ने निर्णय भएको ‘कोभिड–१९ रोग रोकथाम तथा नियन्त्रण सम्बन्धी’ समितिका संयोजक एंव प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जानकारी दिनुभएको छ ।उहाँको अनुसार क्वारेन्टीनमा राखिएको व्यक्तिको तोकिएको अवधि पूरा भएपछि मात्रै जाँचको क्रममा संक्रमण नभएको पुष्टी भएमा मात्र घरमा जान दिने निर्णय गरेको छ । नुवाकोटमा आउने व्यक्तिको क्वारेन्टीनमा बस्दा र परीक्षण गर्दा लाग्ने शुल्क सम्बन्धि व्यक्तिबाट नै उठाउनको लागी स्थानीयतह र जिल्ला स्वाथ्य कार्यालय नुवाकोटलाई बैठकले अनुमति दिएको छ । बाहिरबाट आएका व्यक्तिलाई क्वारेन्टीनमा राख्ने र त्यसको जानकारी त्यही दिनको ५ बजेसम्म जिल्ला प्रशासन कार्यालय नुवाकोटमा अनिवार्य रुपमा सूचना दिनुपर्ने भनिएको छ ।





प्रतिक्रिया दिनुहोस्