• ९ माघ २०८१, बुधबार

निषेधाज्ञाको समयमा भीडभाड हुने गरी आउजाउ गरे कारबाही हुने

नुवाकोटको विभिन्न स्थानमा लगाइएको निषेधाज्ञा र हटाइएको निषेधाज्ञाको समयमा भीडभाड हुने गरेर आउजाउ गर्ने गरेके पाइएमा कारबाही हुने भएको छ ।

आज बसेको ‘कोभिड–१९ रोग रोकथाम तथा नियन्त्रण सम्बन्धी’को बैठकले विदुर नगरपालिका सहित विभिन्न ६ वटा स्थानीयतहमा भोलिदेखि निषेधाज्ञा एकसाताको लागी नहुने र बाहिरी जिल्लासंग सडक मार्ग जोडिएको विभिन्न ६ वटा स्थानीयतहमा लगाइएको निषेधाज्ञाको पलनाको अवस्थाको अनुगमन गर्न चार वटा टोली खटाउने भएको हो ।अनुगमन टोलीले तोकिएको स्वास्थ्य सुरक्षाको मापदण्डको पालनाको सम्बन्धमा अनुगमन गर्ने र उल्ल्ंघन गर्नेलाई कारबाहीदेखि निषेधाज्ञालाई थप कडाई गर्ने निर्णय भएको छ । चारवटा टोलीमा रहेको अनुगमनमा विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका र तारकेश्वर गाउँपालिकाको लागी सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरे संयोजक रहनुभएको छ । बाँकी तीन अनुगमन टोलीको संयोजक जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृतहरुले गर्ने जिम्मेवारी तोकिएको छ । अनुगमन टोलीमा प्रहरी, स्वास्थ लगायतका क्षेत्रबाट प्रतिनिधित्व हुने गरेर सदस्य थप गरिएको छ । जिल्लामा साउन २५ गतेदेखि निषेधाज्ञा लगाएपनि त्यस अबस्थाको सही तथ्याङ्क नआएपछि अनुगमन समिति गठन गरिएको हो ।





प्रतिक्रिया दिनुहोस्