नुवाकोटको विदुर नगरपालिका सहित विभिन्न स्थानमा जारी रहेको निषेधाज्ञा भोलिदेखि एक साताको लागी खुला भएको छ । जिल्लाको सडक मार्ग पर्ने स्थान बाहेकमा आज रातीदेखि सकिने निषेधाज्ञा एक साताको लागी खुला गर्ने निर्णय आज बसेको ‘कोभिड–१९ रोग रोकथाम तथा नियन्त्रण सम्बन्धी’को बैठक गरेको हो ।
यसअघि निषेधाज्ञा कायम भएर भोलि देखि विदुर नगरपालिका सहित, सूर्यगढी र पञ्चकन्या गाउँपालिकाभर खुला भएको छ भने अन्य स्थानमा भने बाहिरी जिल्लासंग सडक जोडिएको भन्दा बाहेको स्थानमा खुला भएको छ । निषेधाज्ञा एक साताको लागी खुला भएपनि अति आवश्यक बाहेकको गाडी चलाउन नपाउने, अत्यावश्यक सेवाहरुको सञ्चालनको क्रममा भीडभाड हुन नदिई सुचारु गर्ने तर त्यसको लागी तोकिएको समयसम्म मात्र भनिएको छ । खाद्यान्न, तरकारी, फलफूल, डेरी तथा माछा मासुका पसलहरु बिहान ६ः०० बजेदेखि ९ः०० बजेसम्म र साँझ ४ः०० बजेदेखि ७ः०० बजेसम्म मात्र खोल्न पाउने, निर्माण सामग्री स्थानीयतहको सिफारिसमा बोक्न पाउने, कपडा पसल बिहान ११ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म खोल्न पाउने निर्णय बैठकले गरेको छ ।
बैंक तथा वित्तीय संस्थाहरु र सहकारी सँस्थाहरु बिहान १०ः०० बजेदेखि दिउँसो २ः०० बजेसम्म मात्र खोल्न पाउने भनिएको छ भने त्यस क्षेत्रमा काम गर्ने कर्मचारीले गाडी प्रयोग गर्न पाउने भनिएको छ । एम्बुलेन्स बाहेक अन्य गाडीहरु राती ८ बजेदेखि बिहान ६ः०० बजेसम्म हिड्न नपाउने निर्णय बैठकले गरेको छ ।होटल सहित मानिसको भीडभाड गर्ने अन्य पसल तथा व्यावसाय चलाउन नपाउने विद्यालयमा उपस्थित भई गरिने पठनपाठन गराउन नपाउने भनिएको छ ।