• ६ बैशाख २०८१, बिहीबार

भरतपुर अस्पतालबाट भागेका कोरोना संक्रमीत नुवाकोटमा पक्राउ

चितवनको भरतपुर अस्पतालवाट भागेका १९ वर्षीय कोरोना संक्रमित  पक्राउ परेका छन् । उनलाई बुधबार विहान नुवाकोट बेलकोटगढी-५ कोल्फुटार स्थित नेपाल प्रहरीको चेकिङका क्रममा पक्राउ गरिएको हो ।
उनी साइकलमा आउँदै गर्दा पक्राउ परेका हुन् । उनलाई नुवाकोटमा नै राख्ने कि भरतपुर नै पठाउने सल्ला भइरहको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जानकारी दिएको छ ।चोरीको  आरोपमा पक्राउ परेका उनमा कोरोना संक्रमण पुष्टि भएपछि भरतपुर अस्पतालको आइसोलेसनमा राखिएको थियो । उनी मंगलबार बिहान त्यहाँबाट भागेका थिए ।

भरतपुर अस्पतालबाट भागेका कोरोना संक्रमीत नुवाकोटमा पक्राउ




प्रतिक्रिया दिनुहोस्