• २१ माघ २०७९, शनिबार

भरतपुर अस्पतालको आईशोलेसनमा उपचाररत दुईपिपलका एक युवा कोल्पुटारबाट पक्राउ, उपचारको लागी त्रिशूली अस्पतालको आइशोलेसनमा राखियो

कोरोना रोगको सक्रमण भए पश्चात चितवनको भरतपुर अस्पतालको आईशोलेसनमा उपचाररत रहेका नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं ५ दुईपिपलका १९ वर्षका एक युवा नुवाकोट आइपुगेका छन् ।हिजो मंगलबार बिहानको ६ बजे आईशोलेसनबाट फरार भएका व्यक्ति आफ्नो घर दुईपिपल आइरहेको अबस्थामा कोल्पुटार चोकपोष्टमा बसेको प्रहरीले सोधपुछ गर्ने क्रममा नियन्त्रणमा लिएको हो ।

आइशोलेसनबाट हिजो फरार भएका ती व्यक्ति आज बिहान ९ बजे कोल्पुटारा आइपुगेकाले यसबीचमा उनको सम्पर्कमा जोडिएका अन्य व्यक्तिको खोजपड्ताल गरेर कोरोना परीक्षण गराउन सुरु गरेको स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकृत उत्तम खनालले जानकारी दिनुभएको छ । चितवनको भरतपुर महानगरपालिकामा फोहर संकलनको काम गर्दै आएका ती व्यक्तिलाई चोरी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेपछि परीक्षण गर्दा कोरोना रोगको सक्रमण देखिएसगैँ आइशोलेसनमा राखिएका व्यक्ति फरार भएपछि उनको खोजी भैरहेको समयमा आफ्नो घर दुईपिपल आउन लागेको समयमा प्रहरीले पक्राउ गरेर त्रिशूली अस्पतालको आइशोलेसनमा पठाएको छ । प्रहरीका अनुसार चोरी गरेको अभियोग माथी कारबाही हुनसक्ने भएकाले ती व्यक्ति आइशोलेसनबाट भागेर साइकल चढेर लुक्नको लागी आफ्नो घरमा आउने लागेको अनुमान गरिएको छ ।





प्रतिक्रिया दिनुहोस्