• २७ बैशाख २०८२, शनिबार

चट्याङ लागेर किस्पाङ मा एक हल गोरुको मृत्यु

दिउँसो भिषण पानि सँगै परेको चट्याङले किस्पाङ-२ फिकुरिमा एक हल गोरुको मृत्यु भएको छ।किस्पाङ २ ताजिको आलडाँडा(ऐसेलु गहिरो) स्थित कृष्ण प्रसाद ढङ्गेलको गोठमा बाँधि राखिएको अबस्थामा चट्याङ लागेर एक हल गोरुको मृत्यु भएको हो। बर्षासँगै परेको चट्याङले गोठ अगाडि सल्लाका रुखमा समेत क्षेती गरेको छ ।

त्यसका साथै किस्पाङ का धेरै घरहरुको बिजुलिका तारहरु र मिटर बक्समा समेत क्षेती पुर्याएको छ। करिब एक हप्ता अघि पनि चट्याङकै कारण किस्पाङ २ मा एक हल गोरुको मृत्यु भएको थियो ।

चट्याङ लागेर किस्पाङ मा एक हल गोरुको मृत्यु





प्रतिक्रिया दिनुहोस्