नुवाकोटको लिखु गाउँपालिका वडा नंं १ मा आज अपरान्ह परेको चट्याङ लागेर सरस्वती परियार गम्भीर घाइते हुनुभएको छ । घरमा नै बसिरहेको समयमा चट्याङ लागेर ७० वर्षका परियारको दायाँ हात नचल्ने भएपछि उपचारको लागी त्रिशूली अस्पतालमा ल्याइएको छ । यसैगरी, किस्पाङ गाउँपालिकाको वडा नं.२ फिकुरीको ताजीमा चट्याङ लागेर एक हल गोरु मरेको छ ।
इन्द्रप्रसाद ढुङ्गेलको गोठमा परेको चट्याङ लागेर उहाँको गोठमा बाधेको एक हल गोरुको घटनस्थलमै प्राण गएको हो । फिकुरीको ताजीमा एकसाता अघि परेको चट्याङले इन्द्रप्रसाद भट्टको एक हला गोरु मरेको थियो भने पुनः आज अपरान्ह परेको चट्याङले अर्का किसानको एक हल गोरु मरेको हो । लगातार पर्न थालेको चट्याङको कारण स्थानीयबासी त्रसित भएका छन भने खेती लगाउन पालेको पशु गुमाउदाँ थप पीडामा परेको शिक्षक आरएन न्यौपानेले जानकारी दिनुभएको छ ।