नुवाकोट – २०७२ बैसाख १२ गतेको बिनासकारि भुपकम्पले भत्किएको नुवाकोटको भैरबि मन्दिरको पुनर्निमाण सकिएको छ । काठमान्डौ बाट गुभाजु लक डाउनका कारण आउन नसकेकोले मन्दिरका धामि हरिमानसिं डंगोलले गजुर राखि पुन निर्माण समापन र मन्दिरको उद्घाट्न गरेका थिए । भुकम्पले मन्दिरको पुर्बि मोडा भत्किएको थियो । सो मन्दिरको पुनर्निर्माण २०७३ साल बाट पुरातत्व बिभागले थालेको थियो । मन्दिरको माथिल्लो छानामा १ किलो ३० तोला को सुनको जलप लगाएको छ । १८४९ साल असोजमा नेपाल, चीन र तिव्वत युद्ध हुँदा तत्कालीन शासकले भैरवीको पूजाआराधना गरी नेपाल जोगाएपछि मन्दिरको माथिल्लो छाना सुनको जलपयुक्त छाना लगाएको इतिहासमा उल्लेख छ ।