पछिल्लो २४ घण्टामा ८५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार २५३ नमुना परीक्षण गर्दा २९९ महिला र ५५६ पुरुषमा संक्रमण पुष्टि भएको हो ।यससँगै संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ३०१ जना संक्रमित थपिएका छन् । जसमध्ये २३० जना काठमाडौंका छन् भने ललितपुरका ४७ र भक्तपुरका २४ जना रहेका छन् ।
यस्तै, सर्लाहीका १२० जना, सुनसरीका ५५, धनुषाका ४३, चितवनका ४२, कैलालीका २९, बाराका २४, लमजुङका २३, प्युठानका २२, काभ्रेका २१, रौतहट र अछामका २०र२० जना, रुकुमका १९, महोत्तरी र मकवानपुरका १८÷१८ जना, झापा र दाङका १६÷१६ जना, मोरङका १३ जनामा संक्रमण पुष्टि भएको छ । तेह्रथुमका ८ जना, नवलपुर र सुर्खेतका ७÷७ जना, पाँचथर, कास्की, कपिलवस्तु र बाँकेका ४÷४ जना, सिराहाका ३ जना, धादिङ, दोलखा, नवलपरासी, कञ्चनपुर, डडेलधुरा र डोटीका २÷२ जना तथा खोटाङ, पर्सा, सप्तरी, रामेछाप, सिन्धुपाल्चोक, गोरखा, अर्घाखाँची, बर्दिया, रोल्पा, जाजरकोट, दैलेख र सल्यानका १÷१ जनामा पनि संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।