• २५ भाद्र २०८१, मंगलवार

स्वदेश फर्किने व्यक्तिको लागी तोकिएका होटल ‘क्वारेन्टाइन’ सम्बन्धी नयाँ मापदण्ड जारी

विश्वव्यापी महामारी कोरोना सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश फर्किने व्यक्तिको लागी तोकिएका होटल ‘क्वारेन्टाइन’ सम्बन्धी नयाँ मापदण्ड जारी गरिएको छ । प्रशासन कार्यालय काठमाडौँले सबै होटललाई क्वारेन्टाइनका रूपमा व्यवस्था गर्न नसकिने जनाउँदै त्यसका लागि न्यूनतम मापदण्ड तोकेको जनाएको छ ।

होटल‘ क्वारेन्टाइन’

स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्ने गरी कम्तीमा २० कोठा भएको हुनुपर्ने, होटल परिसरमा छुट्टै गेट वा कम्पाउन्ड भएको, घुमफिर गर्न सक्ने बगैँचा वा खुला स्थान हुनुपर्ने भनिएको छ । यसैगरी, होटल क्वारेन्टाइनमा बसेकालाई खाना, खाजा र पानी लगायतका सुविधा, स्वाब सङ्कलनका लागि होटल परिसरमा खुला स्थान अनिवार्य हुुपर्ने नयाँ मापदण्ड बनाइएको छ । होटलमा बाथरुम सहितको कोठा, इन्टरनेट, टीभी, नुहाउन २४सैँ घण्टा तातोपानीको सुविधा सहित खाना, नास्ता लगायतका सुविधा उपलब्ध गराउन प्यासेज पनि समावेश भएको हुनुपर्ने व्यवस्था, हात धुन साबुनपानी, सेनिटाइजर अनिवार्य गरिएको छ । होटल क्वारेन्टाइनमा सात दिन बस्ने व्यक्तिको लागी सात दिनको शुल्क एउटै कोठामा दुई जना बस्दा प्रतिव्यक्ति ११ हजार रुपैयाँ निर्धारण गरिएको छ । एउटा कोठामा एक जना मात्रै बसेमा भने एकमुष्ट १७ हजार ५०० रुपैयाँ लाग्ने उल्लेख गरिएको छ





प्रतिक्रिया दिनुहोस्