• २२ भाद्र २०८१, शनिबार

देशभरि नै अत्यावश्यक औषधिको अभाव नभएको औषधि व्यवस्था विभाग भनाइ

औषधि व्यवस्था विभागले अहिले देशभरि नै अत्यावश्यक औषधिको अभाव नरहेको जनाएको छ । भारत बाहेको राष्ट्रबाट आयात गर्नुपर्ने केही औषधि समयमा ढुवानी हुन नसक्दा समस्या देखिएपनि अत्यावश्यक औषधिको भने अभाव नरहेको विभागले दाबी गरेको हो । अहिले देशका कुनै पनि संस्थाबाट निश्चित आवश्यक औषधि अभाव भएको सूचना नआएको विभागका महानिर्देशक नारायणप्रसाद ढकालले बताउनुभएको छ । नेपालमा नबन्ने बाहिरबाट ल्याउनुपर्ने औषधिहरु आउने क्रममा केही ढिला हुँदा समस्या देखिए पनि अभावको अवस्था भने नभएको उहाँको भनाइ रहेको छ । डाक्टरको सल्लाह विना अनावश्यक रुपमा औषधि सेवन गर्नेहरुको सङ्ख्या बढेकोप्रति चिन्ता व्यक्त गर्दै उहाँले औषधि सेवनले सधैँ स्वास्थ्यलाई फाइदा नपुग्ने भएकाले अनावश्यक रुपमा औषधि सेवन नगर्न पनि आग्रह गर्नुभएको छ ।





प्रतिक्रिया दिनुहोस्