• २५ भाद्र २०८१, मंगलवार

अमेरिका माअश्वेत पुरुषको समर्थनमा भइरहेको प्रदर्शनको क्रममा दुई जनाको ज्यान गयो

अमेरिकाको केनोशा सहरमा प्रहरीको गोली लागेर घाइते भएका अश्वेत पुरुषको समर्थनमा भइरहेको प्रदर्शनको क्रममा दुई जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।
प्रदर्शनकारीकै क्रममा एक व्यक्ति भिडमा पसेर अन्धाधुन्ध फायरिङ सुरु गरेपछि प्रहरीको तर्फबाट भएको फायरिङमा दुई जनाको ज्यान गएको हो । प्रहरीले भिडमा फायरिङ गर्ने व्यक्तिको खोजी भइरहेको जनाएको छ ।

विस्कन्सिन राज्यको केनोशा सहरमा गएको आइतबार दुई प्रहरी अधिकारीले २९ वर्षीय पुरुष ज्याकब ब्लेकलाई उनकै तीन बच्चाको अघि पटक–पटक गोली प्रहार गरेका थिए । त्यसपछि उनी अस्पतालमा भर्ना भएका छन् । प्रहरीले ब्लेकलाई किन गोली प्रहार गरेको भन्नेबारेमा अझै खुलाइएको छैन । यसैबीच एक व्यक्ति प्रदर्शनकारीको बीचमा पसेर फायरिङ गरिरहेको एक भिडियो भाइरल भइरहेको छ । ज्याकबको समर्थनमा र दोषी प्रहरी अधिकारीमाथि कारबाहीको माग गर्दै अमेरिकाको कैयौँ शहरमा प्रदर्शन भइरहेको छ । प्रदर्शनकै क्रममा कैयौँ व्यापारिक प्रतिष्ठान र गाडीमा आगजनी भएको छ । विस्कन्सिन राज्यका गभर्नर टोनी एभर्सले आपत्कालको घोषणा गर्नुभएको छ । केही महिना अघिमात्र अमेरिकाको मिनियापोलिसमा अफ्रिकी मूलका अमेरिकी नागरिक जर्ज फ्लोइडको ज्यान गएपछि अश्वेत अमेरिकीमाथि प्रहरीको विभेदपूर्ण शैलीलाई लिएर अमेरिकाभर प्रदर्शन भएको थियो ।





प्रतिक्रिया दिनुहोस्