नुवाकोट = जिल्ला प्रसासन कार्यालय नुवाकोटले निषेधाज्ञा जारि रहेको एक बिज्ञप्ति मार्फत सार्बजनिक गरेको छ । नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग ऐड्च्ड बाट प्राप्त सूचना अनुसार नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिकामा ७ जना व्यक्तिहरुमा कोभिड-१९ को संक्रमण देखिएको हुँदा संक्रमण फैलिन नदिनका लागि उक्त गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) र संक्रामक रोग ऐन, २०२० को दफा २ बमोजिम मिति २०७७ भाद्र ११ गते साँझ ६ः०० बजेदेखि ७ दिनसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ।

उक्त छ्ेत्रमा
१ – औषधी उपचार, खाद्य वस्तु खरिद, आफ्नै खेतबारीमा कृषिजन्य कार्य गर्ने जस्ता आवश्यक काममा बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्कन , एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने साधन र अनुमति प्राप्त सवारी साधन बाहेक कुनै प्रकारका सार्वजनिक वा निजी यात्रु तथा मालवाहक सवारी साधन (मोटरसाइकल समेत) सञ्चालन गर्न ,
२, अत्यावश्यक उपभोज्ञ वस्तु बिक्रि गर्ने खाद्यान्न पसल र औषधी पसल बाहेक सम्पूर्ण पसल, उद्योग, व्यवसाय सञ्चालन गर्न (तर खाद्यान्न पसल बिहान ६ः०० बजेदेखि १०ः०० बजेसम्म मात्र खोल्न पाइने , धार्मिक, सांस्कृतिक, सामाजिक (विवाह, व्रतवन्ध) लगायत कुनै प्रकारको जमघट तथा भेला हुने सबै प्रकारका क्रियाकलापहरु सञ्चालन गर्न ।
३ , अत्यावश्यक सेवाका कार्यालय बाहेक सबै सरकारी निजी तथा गैरसरकारी क्षैत्रका कार्यालय, बैंक तथा वित्तीय संस्थाहरुबाट प्रदान हुँदै आएका नियमित सेवा सञ्चालन गर्न , उक्त गाउँपालिका प्रवेश गर्ने सम्पूर्ण नाकाहरुबाट आवातजावत (पैदल समेत) गर्न , रोक लगाएको छ ।
साथै
शिवपुरी गाउँपालिकामा जारी गरिएको निषेधाज्ञा अवधिभर एम्बुलेन्स र शव वाहन बाहेकका सम्पूर्ण सवारी साधनलाई शिवपुरी गाउँपालिकाका विभिन्न नाकाहरु हुँदै जिल्लामा आवातजावत गर्ने कार्यलाई पूर्ण रुपमा बन्देज गरी बेलकोटगढी नगरपालिका वडा नं ५ स्थित कोल्पुटार नाकाबाट मात्र प्रवेश गर्ने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारि झम्कनाथ ढकाले जानकारि दिनु भयो ।