• २९ बैशाख २०८२, सोमबार

कोरोना संक्रमणबाट २४ घन्टामा थप ८ को मृत्यु

कोरोना संक्रमणबाट २४ घन्टामा थप ८ को मृत्यु भएको स्वास्थ्य मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ । मृतकमा ५ जना महिला र ३ जना पुरुष रहेका छन् । आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारी अनुसार मृत्यु हुने महिलामा ललितपुरकी ६५ वर्षीया महिला, बाराकी २३ वर्षीया, कास्कीकी ३२ वर्षीया, रुपन्देहीकी ७० वर्षीया र बाँकेकी ७० वर्षीया रहेका छन् ।यसैगरी अन्यमा काठमाडौँका ४८ वर्षीय, पर्साका ६२ वर्षीय र कपिलवस्तुका ५९ वर्षीय पुरुष रहेका छन् । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८३ पुगेको मन्त्रालयले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्