• २ फाल्गुन २०८१, शुक्रबार

आज १२ जना कोरोना सक्रमित को १२ मृत्यु

नोभेल कोरोना भाइरसको संक्रमणको थप १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले कोरोना संक्रमणबाट मृत्यु हुनेको १९५ संख्या पुगेको छ मृत्यु हुनेमा ४ महिला र ८ पुरुष रहेको डा। गौतमले बताए । मृत्यु हुनमा मोरङका ५६ र ६५ वर्षीया दुई जना, भक्तपुरमा ६४ वर्षीया एकजना र मकवानपुरकी ७१ वर्षीया एकजना गरी चारजना महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

त्यसैगरी उदयपुका ५२ वर्षीय एक जना, पर्साका ७२ वर्षीय एकजना, धनुषाका ४५ वर्षीय एकजना, सिरहाका ५५ वर्षीय एकजना, झापाका ८३ वर्षीय एकजना, चितवनका ५१ वर्षीय एकजना, कास्कीका ५२ वर्षीय एकजना र रुपन्देहीको ६० वर्षीय एकजना गरी आठजना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । हाल कोरोना संक्रमणबाट मृत्यु हुने दर शून्य दशमलव ३ प्रतिशत रहेको छ ।





प्रतिक्रिया दिनुहोस्