• २२ भाद्र २०८१, शनिबार

चेन्नई सुपर किंग्स क्लबका १३ जनामा कोरोना सङ्क्रमण

इण्डियन प्रिमियर लिग आईपीएलको लागि दुबई पुगेको चेन्नई सुपर किंग्स क्लबका १० जनासहित १३ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।चेन्नईका दुई जना खेलाडीसहित आईपीएल टिमका १३ जनामा कोरोना पुष्टि भएको र उनीहरु आइसोलेशनमा रहेको आईपीएलले जनाएको छ । कुन कुन खेलाडीमा कोरोना देखिएको भनेर चेन्नईले खुलाएको छैन ।

आईपीएल खेल्न दुबई पुगेका खेलाडी, अफिसियल र सम्पूर्ण कर्मचारी गरेर एक हजार नौ सय ८८ जनाको पीसीआर परीक्षण भइसकेको छ । यसैबीच चेन्नईका प्रमुख बलर सुरेश रैना भारत फर्किएका छन् । पारिवारिक कारणले रैना भारत फर्किएको आईपीएलले जनाएको छ । गएको मार्चमा हुने आईपीएल भारतमा कोरोनाको सङ्क्रमण धेरै रहेका कारण सेप्टेम्बर १९ तारिख अर्थात असोज तीन गतेदेखि दुबईमा हुँदैछ ।





प्रतिक्रिया दिनुहोस्