• २२ भाद्र २०८१, शनिबार

१५ सेप्टेम्बर देखि देशभरका शैक्षिक संस्था खोल्न प्रधानमन्त्री इमरान खान निर्देशन

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले १५ सेप्टेम्बर अर्थात भदौ ३० गतेदेखि देशभरका शैक्षिक संस्था खोल्न निर्देशन दिनुभएको छ ।पाकिस्तान सरकारले यसअघि १५ सेप्टेम्बरदेखि स्कुल, कलेज खोल्नको लागि तयारी गर्न अनौपचारिक निर्देशन दिए पनि हिजो शुक्रबार प्रधानमन्त्री खानले औपचारिक निर्देशन दिनुभएको हो ।

कोरोना नियन्त्रणको लागि बनेको राष्ट्रिय समन्वय समितिको बैठकमा प्रधानमन्त्री खानले देशमा कोरोना नियन्त्रण उन्मुख रहेकाले शिक्षण संस्था खोल्न निर्देशन दिनुभएको बीबीसीले जनाएको छ । बैठकमा आन्तरिक उडान खोल्ने र पर्यटक आगमन खुलाउने विषयमा पनि छलफल भएको छ । पाकिस्तानका योजना मन्त्री असद उमरले छिमेकी देशको तुलनामा पाकिस्तानमा कोरोना नियन्त्रणको अवस्था राम्रो रहेको र सरकारले गरिरहेका पहल प्रभावकारी भइरहेको बताउनुभएको पनि सञ्चारमाध्यमले जनाएका छन् । ।





प्रतिक्रिया दिनुहोस्