नुवाकोटको बेलकोटगढि नगरपालिका –१०, मा रहेको वरदेवि आधारभुत विधालयकी सुगीष्मा कँडेल यस वर्षको सबैभन्दा बढी पाठ्यपुस्तक पढ्ने पाठक बन्न सफल भएकी छिन ।१३औं राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले अनलाईन माध्यमा भर्चुअलरुपमा एक कार्यक्रम गदै सर्वोत्कुष्ट पाठक घोषित गरेको हो ।उनी बेलकोटगढी नगरपालीका वडा नं १० को बरदेवी आधारभुत विद्यालयमा कक्षा–३ की प्रथम छात्रा हुन । उनले पुस्तकालयबाट अहिलेसम्म २ सय ९७ वटा पुस्तक पढिसकेको रुडेक नेपाल नामक संस्थाका साक्षरता सहर्जकर्ता मुकुन्द रिमालले जानकारी दिएका छन । कँडेलले दैनिक रुपमा पुस्तकालयबाट ३–४ वटा पुस्तकहरु पढ्ने र पढेका नयाँ कुरा साथीहरु र शिक्षकलाई समेत बताउने गरेको विधालयका कक्षा ३ का पुस्ताकालय शिक्षक उत्तम अधिकारीले बताए ।
नयाँ पुस्तक पढ्ने रहर रहेको र आफु किताब पढेर राम्रो मान्छे बन्ने भएकाले धेरै किताब पढ्ने गरेको उनी बताउछिन् । उनले आफनो फुसर्दको समय समेत किताब पढेर बिताउने गरेकी छिन । विदाको दिन समेत नयाँ नयाँ किताब पढ्नको लागी अघिल्लो दिनमा नै किताब ल्याउने गरेको र आफुले किताब पढेर सिकेको नयाँ कुरा अरुलाई जानकारी गराउने गरेको कंडेलकी आमाले बताए ।
कोरोना भाइरस महामारीका कारण चैत ११ गतेपछि विद्यालय नखुलेपनि विद्यालयका पुस्तकालय शिक्षकले सामाजीक दुरी कायम गरी घरघरमा नै गएर पढाउने गरेको कक्षा ३ का पुस्तकालय शिक्षक उत्तम अधिकारीले बताए ।शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सुगिष्मा कँडेलको लागी महामारीको अवस्था सहज भएपछि एक समारोह गरेर सम्मान गरिने एक सुचना निकालेर जानकारी दिएको छ ।