• १८ माघ २०७९, बुधबार

अबैध नदिजन्य पदार्थको उत्खनन् तथा ओसार-पसारमा संलग्न सवारी-साधन नियन्त्रण

तस्बिर: नियन्त्रणमा लिएका टिप्परहरु

अबैध नदिजन्य पदार्थको उत्खनन् तथा ओसार-पसारमा संलग्न सवारी-साधन नियन्त्रण लिएको छ । मिति २०७७।०२।२८ गतेका दिन जिल्ला नदिजन्य पदार्थको उत्खनन्, ओसार पसार र प्रयोग सम्बन्धी बिषयमा जिल्ला समन्वय समितिका प्रमुख श्री सन्तमान तामाङ ज्यूको अध्क्षतामा बसेको समन्वयात्मक बैठकले असाढ १ देखी भाद्र मसान्तसम्म नदिजन्य पदार्थको उत्खनन् तथा संकलन गर्न रोक लगाएको थियो । उक्त निर्णयलाई अटेर गरि नदिजन्य पदार्थ संकलन तथा ओसार-पसार गर्ने ७ वटा टिप्पर र ३ वटा नियन्त्रणमा लिएको हो ।

आइचरहरुलाइ बेलकोटगढी वडा नं. ०७, मकैघारी स्थित त्रिशुली नदिको किनारमा अबैध रुपमा उत्खनन् गरिएको बालुवा लोड गरिरहेको अबस्थामा फेला पारी आवश्यक कारबाहीको लागी जिल्ला समन्वय समिती नुवाकोटमा पठाईएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्