• ४ चैत्र २०८१, मंगलवार

पञ्चकन्या गाउँपालिकाक अध्यक्ष तामाङ पीसीआर रिपोर्ट नबोकी गाउँ नफर्कने

काम विशेषले राजधानी काठमाडौं प्रवेश गरेका पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ पिसिआर रिपोर्ट नलिई गाउँपालिका फर्किन चाहेनन् कारण अन्यत्रबाट गाउँपालिका क्षेत्र प्रवेश गर्ने जोकोहीले पिसिआर नेगेटिभ रिपोर्टका साथमा मात्र गाउँ प्रवेश गर्न पाउने नियम गाउँपालिकाले लागु गरेको थियो ।

पञ्चकन्या गाउँपालिकाले गत साउन मसान्तदेखि बाहिरी क्षेत्रबाट गाउँपालिका प्रवेश गर्नेले अनिवार्य पछिल्लो तीनदिनको पिसिआर नेगेटिभ रिपोर्ट देखाउनुपर्ने नियम लागु गरेको थियो। काम विशेषले राजधानी काठमाडौं प्रवेश गरेका गाउँपालिकाका अध्यक्ष तामाङले पनि सोही नियमको अनुसरण गरेको बताए। ‘ऐन,कानुन भनेको सबैलाई बराबर हुनुपर्छ ‘साझा पथसंग कुराकानी गर्दै अध्यक्ष तामाङले भने- ‘ सानालाई ऐन ठूलालाई चैन यस्ता प्रवृत्तिको बिरोध गर्नुपर्छ’।
अध्यक्ष तामाङ गत मंगलबार कार्यालयको काम बिशेषले काठमाडौं गएका थिए। बिहिवार कार्यालय उपस्थित हुने भएपछि उनि पिसिआर परिक्षणको रिपोर्टका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला अस्पताल पुगे। कोरोना रिपोर्ट लिएर मात्रै गाउँ फर्किएका अध्यक्ष तामाङ बिहिवारदेखि कार्यालयका काममा निर्धक्क लाग्न पाएको बताउँछन। मनमा डर र पारिवारिक जोखिम समेत नहुने भएकाले आफू लगायत सबैलाई परिक्षणको दायरामा सहभागी भएर मात्रै गाउँ प्रवेश गर्न उनले सुझाएका छन् ।

घर,टोल हुँदै समाजमा फैलन सक्ने कोरोना महामारी जोखिम न्यूनीकरणका लागि हरेक ब्यक्तिको सजगता आवश्यक रहेको पञ्चकन्या गाउँपालिकाले जनाएको छ। पछिल्लो समययता आफ्नो सेवा क्षेत्रमा बिना पिसिआर रिपोर्ट प्रवेश गरेका २७ जनालाई गाउँपालिकाले आफ्नो वडा नम्बर २ को क्वारेन्टाइनमा राखेको थियो। गाउँपालिकाकै श्रोतमा स्वाब संकलन गरी बुधबार सबैको नेगेटिभ रिपोर्ट आएपछि उनीहरु घर फर्किएका छन् ।





प्रतिक्रिया दिनुहोस्