• २४ मंसिर २०८१, सोमबार

आजबाट लामो दूरीका सार्वजनिक सवारी साधन चले

झण्डै ६ महिनापछि आज बिहीबारदेखि लामो दूरीका सार्वजनिक सवारी साधन चलेको छ । गत सोमबारको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार असोज १ बाट लामो दूरीका सार्वजनिक गाडी चल्न लागेका हो। आज विश्वकर्मा पूजा गरेपछि गाडी चलाउने यातायात व्यवसायीले बताएका थिए  । सार्वजनिक सवारी साधन चलाउँदा सरकारले तोकेको स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा पालना गर्नुपर्नेछ ।

चालक र सहचालकले पनि अनिवार्य मास्क लगाउनुपर्नेछ । यात्रुले स्यानिटाइर र मास्कको अनिवार्य प्रयोग गर्नुपर्नेछ । यस्तै, भौतिक दूरी कायम गरी सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु राख्न पाइनेछ । सरकारले तोकेको भाडामा अधिकतम ५० प्रतिशत बढीसम्म लिन पाइनेछ । खाजा र खाना खाने ठाउँमा पनि भौतिक दूरीको नियम पालना गर्नुपर्नेछ ।





प्रतिक्रिया दिनुहोस्