
स्वास्थ्य कार्यालय नुवाकोटका स्वास्थ्य प्रमुख सागरप्रसाद घिमिरेका अनुसार पछिल्लो २४ घण्टामा तीन महिला र पाँच पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । कोरोना पोजेटिभ देखिनेमा विदुर नगरपालिकाका ३४ वर्षीया एक महिला र २१, ३१ र ३३ वर्षीय तीन पुरुष रहेको छ भने बेलकोटगढी नगरपालिकाका ६० वर्षिया एक महिलामा कोरोना सङ्क्रमण भेटिएको छ ।
यस्तै, तारकेश्वर गाउँपालिकाका १५ वर्षिया एक महिला र २८ वर्षीय एक पुरुषमा पनि सङ्क्रमण देखिएको छ भने तादी गाउँपालिकाका ७७ वर्षीय एक वृद्धमा पनि सङ्क्रमण देखिएको छ ।
योसँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या नुवाकोटमा १ सय ५० पुगेको छ । त्यस्तै नुवाकोटका १ सय १९ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । स्वास्थ्य कार्यालयका अनुसार हालसम्म ४ हजार ८ सय २७ जनाको पिसिआर परिक्षण गरिएको छ ।