
नेकपा नुवाकोटका नेता एवं समाजसेवी पुर्णलाल श्रेष्ठले हड्डीका क्यान्सर पिडितलाई आर्थिक सहयोग गर्नुभएको छ । समाजसेवी श्रेष्ठले सुर्यगढी गाँउपालिका वडा नम्बर ४ हल्देका अर्जुन गिरीको उपचारको लागी आर्थिक सहयोग गर्नुभएको हो । गिरीको हाल काठमाडौ स्थित बिरेन्द्र सैनीक अस्पताल छाउनीमा उचार भैरहेको छ । गिरीको उपचारको लागी उहाँका भाई हरिशरण गिरीलाई नगद रुपैयाँ सहयोग गरेको समाजसेवी श्रेष्ठले बताउनुभएको छ । विपत लगायत अन्य असहज अबस्थामा नुवाकोट नागरिकहरुको लागी सहयोगी भुमिका निभाउँदै आउनुभएका युवानेता एवं समाजसेवी श्रेष्ठले आगामी दिनमा पनि नागरिकहरुको हकहित र सुरक्षाको लागी सधै अग्रभागमा रहेर कार्यगर्ने प्रबितद्धता जनाउनु भएको छ ।
अहिलेको कोरोना माहामारी समयमा उहाँको पहलमा स्वास्थ्यकर्मी, सुरक्षकर्मीलगायत नुवाकोटका विभिन्न स्थानिय तहहरुलाई स्वास्थ्य सुरक्षाको सामग्रीहरु हस्तान्तरण गर्नुभएको थियो । सहयोग रकम हस्तान्तरण कार्यक्रममा नेकपा नुवाकोटका सचिवालय सदस्य घकुमार लामा, जिल्ला कमिटि सदस्य केशव सेञ्चुरीलगायतको सहभागिता रहेको थियो ।