पि.सि.आर परिक्षणको लागि असोज २१ गते गाउँपालिकाका कर्मचारी तथा स्थानीय गरि १३ जनाको स्वाब संकलन गरि केन्द्रीय प्रयोगसाला टेकु काठमाडौ पठाइएकोमा असोज २४ गते प्राप्त नतिजा अनुसार ४ जना कर्मचारीमा कोरोना पुष्टि भएको गाउँपालिकाले जनाएको छ ।
प्रेस बिज्ञप्तीमा भनिएको छ आबश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन र निस्कनुपरेमा आबश्यक साबधनी अपनाउन आग्रह गरिएको छ । साथै अत्यावश्यक बाहेकका सबै कार्यलयहरु अर्को सुचना नभएसम्मको लागि बन्द हुने र गाउँपालिका भित्रका वडा स्तरमा रहेका कोभिड १९ रोकथाम नियन्त्रण समुहले आ आफ्नो वडा भित्र प्रवेश गर्ने सबारी साधन तथा सबार ब्यक्तिहरुको आबश्यक सुरक्षा मापदण्ड अनुरुप भए नभएको अनुगमन गरि वडा भित्र आएका ब्यक्तिहरुको तथ्यांक ब्यबस्थापन तथा निरीक्षण गर्न अनुरोध गरेको छ ।