• २९ माघ २०८१, मंगलवार

नगद १२ हजारसहित जुवाडे पक्राउ

जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट गएको टोलीले एक घरमा छापा मार्दा तास खेलिरहेका पाँच जनालाई नगदसहित पक्राउ गरेको छ । 
चाडपर्वको वहानामा जुवा खेलिरहेको विशेष सूचनाको आधारमा छापा मारेको थियो ।

विदुर नगरपालिका–५ पिपलटार का गोविन्द न्यौपानेको घरबाट तास खेलिरहेका पाँच जनालाई नगद १२ हजार रुपैयाँसहित पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए । उनीहरुलाई नुवाकोट जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरेर हिरासतमा राखिएको छ । 

डीएसपी वलीका अनुसार तास खेलिरहेका बेला पक्राउ पर्नेमा घरधनी गोविन्द न्यौपाने, स्थानीय रामबहादुर कुमाल, मुनिराज गजुरेल र श्याम चित्रकार रहेका छन् । उनका अनुसार घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

चाडपर्वको समयमा तास खेलिरहेका विशेष सूचनाका आधारमा प्रहरीले न्यौपानेको घरमा छापा मारेको थियो । डीएसपी हरिबहादुर वलीका अनुसार घरधनी गोविन्द न्यौपानेकी पत्नी वडा सदस्य हुन् । 





प्रतिक्रिया दिनुहोस्